माघ १४, काठमाडौँ । सर्वच्च अदालतको फैसला पछी
सबै पदबाट पद मुक्त भएका रवि लामिछानेले केहि दिनभित्रै प्रक्रिया पुर्याएर
नागरिकता लिई पुन: चितवनमा हुने उपनिर्वाचन लड्ने भएका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया
नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरी पुराने नागरिकता पनि मान्य नभएको फैसला अदालतले गरेको थियो । रविको सांसद
पद खारेज भएसँगै चितवनमा हुने उप निर्वाचनमा नियमानुसार नागरिकता लिएर लामिछाने नै
पुन: चितवनबाट निर्वाचन लड्ने भएका हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टी एक नेताले
बताए अनुसार आकस्मिक रुपमा भएको सल्लाह अनुसार रवि लामिछाने पुन: चितवनबाटै
निर्वाचन लड्ने भएका हुन् ।
पूरानो नागरिकता हाललाई कायम नरहेको फैसला अदालतले सुनाएसँगै लामिछानेको संसद पद खारेज भएको छ । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ । अव त्यहाँ पुन: निर्वाचन हुनेछ । उनी उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त भएका छन् ।
लामिछानेले यसअघि नै अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेकाले तत्काल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गएर नेपाली नागरिकताको प्रमाणपत्र लिने बाटो कायम छ ।