फागुन
१३, काठमाडौँ । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले बाहिरिने
निर्णय गरेको छ।
महामन्त्री
शरदराज पाठकले जानकारी शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने
र सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका छन ।
उनले भनेका
छन 'प्रदेशहरुमा
पनि सोहीअनुसार गर्ने निर्णय भएको छ' ।
सात
दलबीच पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। प्रदेश सरकारमा
उक्त सहमति अनुसार बनेका राप्रपाले सहभागिता भएको थियो।
राप्रपा
अध्यक्ष राजेन्द्र लिङ्देन प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित ऊर्जा
मन्त्री बनेर
सहभागी बनेका थिए। विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा
राज्यमन्त्री पनी राप्रपाबाट बनेका थिए।
राष्ट्रिय
स्वतन्त्र पार्टी पनि यसअघि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो। रास्वपाले
सरकारबाट बाहिरिँदा सरकारलाई दिएको समर्थन फिर्ता भने लिएको थिएन।