Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राप्रपाका मन्त्रीहरुले बुझाए राजिनामा ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा पत्र बुझाएका हुन्।

  •   ४ वर्ष अघि | १३ फाल्गुन २०७९, शनिबार

फागुन १३, काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्। बालुवाटारमा शनिबार दिउँसो प्रधानमन्त्री समक्ष पार्टीका एक राज्यमन्त्री र तीन मन्त्रीले राजीनामा पत्र बुझाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी सहरी विकासमन्त्री विक्रम पाण्डे, उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

शनिबार बिहान बिहान बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो।प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पुस १० मा सात दलबीच भएको थियो। उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो। 

थप