फागुन १९, काठमाडौँ । नेपाली
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदमा
उम्मेदवार बनेका छन र आज आफ्नो लागि मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको
कार्यालय पुगेका छन् । शुक्रवार पौडेलसँग कांग्रेस नेताहरू रमेश लेखक, डा. प्रकाशशरण महत, दीपक खड्का, जीपछिरिङ लामा लगायतका
नेताहरू रास्वपाको पार्टी कार्यालय पुगेर सभापति रवि लामिछानेलाई भेटेर भोट मागेका
छन।
पौडेलले रास्वपा सभापति रवि
लामिछाने र उपसभापति
डीपी अर्याललगायतसँग भेट गरी आउदै गरेको राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न
आग्रह गरेका छन् । यस अघी राष्ट्रपतिका अर्का उम्मेदवार सुवास नेम्वाङले पनि रवि लामिछानेसँग
रास्वपाको पार्टी कार्यालय पुगेर मत मागिसकेका छन्।
रास्वपा वर्तमान सरकारबाट
बाहिरिए पनि सरकारलाई दिएको विश्वासको मत भने कायम राखेको छ। राष्ट्रपतिको लागी निर्वाचन
आगामी यही २५ गते हुँदैछ।
- न्युज बहार संवाददाता