फागुन
२५, काठमाडौँ। नेपाली कांग्रेसका बरिष्ठ
नेता तथा राष्ट्रपतिका
उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।
नेकपा
(एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर आज बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले राष्ट्रपति
निर्वाचित भएका हुन्।
पौडेलले जम्मा
३३ हजार ८ सय २ मतभार ल्याएका छन। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६
हजार ८ सय ९६ मतभार आएको मतगणनामा रहेका नेकपा एमालेका सांसद महेश बर्तौलाले बताएका
छन।
एमाले
उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र
प्रदेशमा ७ हजार ७ सय ७६ मतभार आएको छ।
मतपरिणामको औपचारिक घोषणा हुन बाँकी रहेको छ।
- न्युज बहार संवाददाता