फागुन
१०, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र
महन्थ ठाकुर रहेको भन्दै लोसपाका शीर्ष नेताहरूले आज शेरबहादुर देउवासँग भेटवार्ता
गर्ने भएका छन् ।
मंगलबार बालुवाटारमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग र बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी
शर्मा ओलीसँग भेटवार्ता गरेका लोसपाका शीर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर
देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।
लोसपाका
शीर्ष नेता राजेन्द्र महतोले भने, ‘महन्थजी सहमतीय राष्ट्रपतिका
लागि उपयुक्त पात्र भन्ने प्रस्ताव लिएर हामीले प्रधानमन्त्री र एमाले अध्यक्ष
केपी ओलीजीसँग भएको भेटवार्तामा सकारात्मक कुरा भएको छ, सोही विषयको क्रममा आज कांग्रेस
सभापति देउवाजीसँग भेटवार्ता गर्दैछौं ।’ उनका अनुसार सभापति देउवासँग
बिहान ९ बजे भेटवार्ता हुने समय तालिका छ ।
प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको पूर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको
अडान लिएको कारण राजनीतिक दलहरु बीच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको छ ।