असार ३, काठमाडौँ । धरौटी बुझाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र छुटेका छन् । धरौटीबापतको तीन लाख रुपैयाँ मिश्रकी श्रीमती सारिका कार्कीले जम्मा गरेकी हुन् ।
उनी
मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । उनलाई तीनकुने घटनामा प्रतिवादी
बनाइएको थियो। मिश्र अदालत उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस सुरु गरिएको
हो ।
- न्युज बहार संवाददाता