Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अध्यक्ष केपी शर्मा ओलीको भनाई – ‘पुर्व राजा ज्ञानेन्द्र शाहाको आफ्नै धङधङी।’

राष्ट्रपति निर्वाचन बारेमा यसअघि भएकै सहमति कार्यान्वयन हुने ।

  •   ४ वर्ष अघि | ७ फाल्गुन २०७९, आइतवार

फागुन ७, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको बताएका छन् ।आज प्रजातन्त्र दिवसको दिन पुर्व राजा ज्ञानेन्द्र शाहाले शुभकामना सन्देश दिने क्रममा राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका थिए सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नै र पुरानै पारामा रहेको बताएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ओली अगाडी भनेका छन ‘२ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको छ’।

ओलीले अहिलेको प्रमुख विषय राष्ट्रपति निर्वाचनका बारेमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने बताएका छन । अध्यक्ष ओलीले उम्मेदवार को हुने र कसलाई बनाउने भन्ने विषय १३ गते थाहा हुने बताए छन ।

थप