चैत १५, काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । आज भएको तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका प्रसाईंलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ।
प्रहरीका
अनुसार प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ
गर्ने निर्णय गरिएको हो ।
अहिले प्रसाईंको
खोजी कार्य भइरहेको गृह प्रहरीले जनाएका छन ।
आज शुक्रबार
दिउँसोको प्रदर्शनमा उनी आफैं गाडी चलाउँदै अघि बढेका थिए । गाडी चलाउँदै गर्दा उनीले
‘आओ-आओ’ भन्दै गाडी चलाउँदै अघि बढेको
भिडियोहरुमा देखिएको थियो ।
- न्युज बहार संवाददाता