चैत २२, काठमाडौँ । रास्वपा (राष्ट्रिय स्वतन्त्र
पार्टी )का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ ।
उच्च
अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको हो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध
सम्बन्धी मुद्दामा शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त
इजलासले जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो ।
- न्युज बहार संवाददाता