फागुन २९, काठमाडौं। आजै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन्। राष्ट्रपति पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी शितल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट आजै बुढानीलकण्ठस्थित निजी निवासमा सर्ने प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन। यही फागुन २५ गते राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित भएका हुन।
- न्युज बहार संवाददाता