Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव स्वदेश पठाउन नेपालले गर्यो अनुरोध

  •   ८ महिना अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, काठमाडौँ । रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव स्वदेश पठाउन रुस सरकारसँग नेपालले अनुरोध गरेको छ ।

मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गर्दै सोमबार परराष्ट्र मन्त्रालयले  विज्ञप्ति जारी गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारले रुसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ उल्लेख गरिएको छ ।

मन्त्रालयले यसअघि रुसी सेनामा हालसम्म चार जना नेपालीको भर्ती भएर मृत्यु भएको सार्वजनिक भएको भएपनि आज सोमबार ६ जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

  • न्युज बहार संवाददाता

थप