Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले गरिन राष्ट्रपतिको आलोचना ।

‘राष्ट्रपतिले आफ्नो भूमिका कार्यकारीजस्तो ठान्नुभयो’

  •   ४ वर्ष अघि | १८ फाल्गुन २०७९, बिहिबार

फागुन १८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले गरेकी छन्।

आज संसदीय पत्रकारहरूसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्ने क्रममा उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गरेकी हुन्।

उपाध्यक्ष अर्यालले भनिन ‘राष्ट्रपति एमालेको मात्र जस्तो बन्नुभयो, राष्ट्रपति संस्थालाई सम्मानित बनाउन सक्नुभएन र अरूको इसारामा चल्नुभयो, उहाँले नागरिकता विधेयकमा अनावश्यक राजनीति खेल खेल्नु भयो, त्यती मात्र हैन एक पटक विधेयक फिर्ता गरे पनि अर्कोपटक रोक्न मिल्थेन तर रोक्नुभयो।’

उहाँले रोक्नु भएको नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरैले नागरिकता नपाएको उनको अर्यालले भनाइ थियो। ‘राष्ट्रपतिले आफ्नो भूमिका कार्यकारीजस्तो ठान्नुभयो,’ हरेकले आफ्नो पदको गरिमा राख्नुपर्छ म उपाध्यक्ष भएर आफ्नो भूमिका बिर्सिएँ भने त्यो राम्रो हुदैँन।’

  • न्युज बहार संवाददाता

थप