फागुन २३, काठमाडौं । रेखा शर्मा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत हुन उनले अहिलेको मुख्य विषयमा बोल्दै विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको बताएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग पनि त्यही षडयन्त्र अनुसार भएको उनको आशंका व्यक्त गरेकी छिन।
मंगलबार सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै धादिङको गल्छीमा आयोजित कार्यक्रममा उनले यसो भनेकि हुन।
कार्यक्रममा बोल्दै उनले भनिन्,‘सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको जुन विषय छ त्यो समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र र चलखेलहरु स्वाभाविक ढंगले भएका छन्’, ‘शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई फेरि द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको हो कि भन्ने विषयमा अहिले चिन्ता जाहेर भएको छ, म सरकारको तर्फबाट के भन्न चाहान्छु भने हामी यसप्रति अन्त्यन्त संवेदनशील छौं।’
- न्युज बहार संवाददाता