फागुन ७,
धनगढी । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् । कैलाली
निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका हुन् ।
उनि १८
दिनको कारागार बसाइँ पछी बाहिर आएका हुन उनले यो १८ दिनले धेरै कुरा सिकाएको बताएका
छन । उनले भने, ‘आज जुन
हिसाबले म भित्र आएँ, त्यो त
एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ, उनले अगाडि
भने,
‘यो सानो
पार्टी छ, जसरी
उठिराछ, त्यसरी नै
खुम्चाइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो
देखिएको छैन ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन्। सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ । जस मध्ये अरुण कुमार चौधरी एक हुन ।
रिहा भएपछी आममाफी दिएकामा राष्ट्रपति कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई उनले धन्यवाद पनि दिए ।