फागुन ११,काठमाडौँ । बिहीबार सिंहदबारमा प्रधानमन्त्री
तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका
अध्यक्ष माधव नेपालबीच भेटवार्ता भइरहेको छ। माओवादी संसदीय दलको कार्यालय
सिंहदबारमा बिहीबार मध्यान्ह उनीहरु छलफलमा जुटेका छन।
छलफल राष्ट्रपति निर्वाचनसगै
सम्बन्धित रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी
दिएको छ। अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्डसँग
छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि उपस्थित छन् । राष्ट्रपति निर्वाचन र
पुरानो गठबन्धन ब्युँताउने विषयमा उनीहरुबीच छलफल भइरहेको बुझ्नमा
आएको छ ।
अध्यक्ष नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि बुधबार छलफल भएको थियो। हिजो
साझ कांग्रेस नेताहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई
भेटेका थिए। कांग्रेस र माओवादी केन्द्रबीच आज साँझसम्म पुरानो गठबन्धन
ब्युँताउने गरी छलफल अगाडि बढेको छ। यसका लागी लागि प्रधानमन्त्री प्रचण्ड र
नेपालबीच छलफल भइरहेको स्रोतको जानकारी दिएको छ।