फागुन २१, काठमाडौँ। आज ४ बाजे पछिबाट बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास मा ८
दलको बैठक सुरु भएको छ।
अहिले
उक्त बैठक जारी रहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत
उपस्थित छन। यसै गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी
केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका बेदुराम
भुसाल, नेपाल
समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जनमत पार्टीका अब्दुल खान, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलगायतका बैठकमा उपस्थिती रहेको जानकारी प्राप्त
भएको छ।
बिषेशत आजको बैठकमा राष्ट्रपतिको निर्वाचन र समसमायिक राजनीतिक परिस्थितीको बारेमा लगायत अन्य विषयमा पनि कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।
बैठकमा आज चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मत र मन्त्रिपरिषद विस्तारलगायत विषयमा पनि कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले बताइएको छ।
- न्युज बहार संवाददाता