फागुन ४,काठमाडौँ । बिहीबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल
दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष
केपी शर्मा ओलीबीच दुई घन्टाभन्दा बढी वार्ता भएको छ।
उनीहरूबीच
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक्लाएक्लै भेटवार्ता भएको हो। आउँदै
गरेको राष्ट्रपतिको चुनाव र भावी राष्ट्रपतिबारे फरक-फरक कोणबाट चर्चा भइरहदा सत्तारूढ
दलका दुई शीर्ष नेता लामो छलफलमा जुटेका छन।
अबको
राष्ट्रपति एमालेबाट हुनु पर्ने एमालेले पूर्वसहमति अनुसार बताएको छ भने यता राष्ट्रपतिमा
राष्ट्रिय सहमति हुनुपर्ने माओवादी केन्द्रले बताइरहेको छ।
संसदमा
विश्वासको मत नेपाली कांग्रेसले समेत दिएपछि प्रधानमन्त्री प्रचण्ड माओवादीले
राष्ट्रिय सहमतिमा जोड दिन थालेको हो।
स्रोतहरुले दिएको जानकारी अनुसार फागुन १३ गतेभन्दा अघि नै माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्न लागेको छ।