फागुन ११, काठमाडौं । काठमाडौं
महानगरपालिकाले उपत्यकाको मुख्य–मुख्य सार्वजनिक स्थानमा सिसीटीभी जडान गर्ने तयारी गरेको छ । महानगरभित्रका
मुख्य–मुख्य
सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव आज बिहीबार बसेको १३औं
कार्यपालिका बैठकबाट सर्वसम्मतले पारित गरेको हो ।
चालु आर्थिक वर्ष २०७९/८० मा काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये २५ वडाले ५४ थान सीसीटीभी जडानका लागि १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने महानगर आफैंले शहरी सञ्चार सुरक्षाका लागि भन्दै ६ करोड विनियोजन गरेको छ ।महानगरका सूचना प्रविधि समितिका संयोजक समेत रहेका प्रवक्ता नवीन मानन्धरका अनुसार नेपाल प्रहरी मार्फत काठमाडौंको मुल सडकमा सीसीटीभी जडान गरिने छ ।
नेपाल प्रहरीको प्राविधिक सहयोगमा चोक तथा गल्लीहरुमा वडा कार्यालय मार्फत सीसीटीभी जडान हुनेछ । महानगरले सार्वजनिक स्थानमा आवश्यकता अध्ययनको आधारमा सीसीटीभी जडान गर्ने बताएको छ ।महानगरपालिका र नेपाल प्रहरीबीच १५ फागुन २०७५ मा सम्झौता भएअनुसार १६५ थान सीसीटीभी जडान भएको थियो । जसमध्ये १५८ वटा सञ्चालनमा रहेको मानन्धरले बताएका छन ।