चैत १२, काठमाडौँ । नेपाल विद्युत्
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय
बदनियतपूर्ण र आपत्तिजनक रहेको नेकपा माओवादी केन्द्रले बताएको छ ।
विज्ञप्ति
जारी गर्दै पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारको उक्त निर्णयलाई ‘कुशासनको दृष्टान्त’ को रुपमा व्याख्या गरेका छन् ।
उक्त
निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रले माग पनि गरेको छ ।
- न्युज बहार संवाददाता