जेठ १५, काठमाडौँ । भिजिट भिसा
प्रकरणविरुद्ध सदनभित्र विपक्षीले सुरु गरेको संघर्ष जारी रहेको नेकपा माओवादी
केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन्।
प्रमुख
सचेतक पाण्डेले आजको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोलेका भिजिट भिसा
प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशंका रहेकाले राजीनामा माग्दै विपक्षीले
संघर्ष गरिरहेको बताएका हुन्।
पाण्डेका
अनुसार आफूमाथि आरोप लागेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त
गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकार सम्मेलन गरेर जनतालाई थप
गुमराहमा राख्न खोजेका छन।
- न्युज बहार संवाददाता