फागुन २६, काठमाडौँ। ममता झालाई
जनमत पार्टीले उपराष्ट्रपतिको उमेदवार बनाउने तयारी गरेको छ। झालाई उपराष्ट्रपतिमा उम्मेदवार
बनाउने निर्णय आज बसेको पार्टीको कार्यकारी बैठकले गरेको हो।
सत्ता गठबन्धनले उपराष्ट्रपति जसपा
लाई दिने सहमति भएपनि गठबन्धनभित्रकै अन्य दलबाट पनि दाबी आउनेक्रम जारी रहेको छ।
केही समय
अगाडि मात्र नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उठाउने
भने पनि उनको उमेर नपुग्ने देखिएपछि पुनः गठबन्धनमा छलफल गर्ने निर्णयमा पुगेको छ। यता संसदीय दलका नेता रामसहायप्रसाद
यादवलाई जसपाले उमेदवार बनाउने निर्णय हिजो नै गरिसकेको छ। भोलि उपराष्ट्रपतिको मनोनयन दर्ता हुने
कार्य तालोका रहेको छ।
- न्युज बहार संवाददाता