फागुन १८, बिराटनगर ।
प्रदेश १ ले संघीयताको ५ वर्ष लामो अभ्यासपछि नाम टुंगो लगाएको छ । दुई तिहाई
बहुमतका साथ प्रदेश सभाले प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।
प्रदेशको नामको लागी बुधबार साँझ
भएको मतदानमा कोशीको पक्षमा ८२ मत खसेको थियो। सत्तारुढ माओवादी केन्द्र, नेकपा एमाले, र राप्रपा तथा प्रमुख प्रतिपक्षी नेपाली
कांग्रेस गरी चार पार्टीका प्रदेशसभा सदस्यले कोशीको पक्षमा मतदान गरेका थिए। सोही
८२ मतले प्रदेशको नाम कोशी बहुमतको आधारमा पारित भएको हो भने विपक्षमा जम्मा ४ मत
परेको थियो । एकीकृत समाजवादीका चार सदस्यले विपक्षमा मतदान गरेका थिए ।
जनता
समाजवादी पार्टीका एक्ला प्रदेशसभा सदस्य एवं मन्त्री निर्मला लिम्बुले भने कोशी
नामको विपक्षमा मतदान गर्न पाइनन् । मतदान प्रक्रिया सुरु हुदा उनी बाहिर थिएन र प्रदेशसभाको
ढोका बन्द हुँदा उनी भित्र पस्न नपाएकी हुन।
प्रदेश १ को प्रदेशसभाले अरु ६
वटा प्रदेशले नाकामरण गर्दा पनि पहिलो कार्यकालमा नाम दिन सकेको थिएन । यो पटक नेकपा एमाले र नेपाली कांग्रेस
मिलेपछि कोशी नाम बहुमतले पारित भएको हो ।
- न्युज बहार संवाददाता