फागुन ४, काठमाडौँ । आफ्नै घरको खाना पकाउन प्रयोग हुने ग्यास
सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका
छन् । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत
रहेका नेता चन्द्रकान्त भण्डारी बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास ग्यास
सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। बिस्फोटमा भण्डारी र उनकी आमा घाइते भएको
भण्डारीको सचिवालयले जानकारी दिएको छ ।
अहिले उनीहरू दुबै जनाको कीर्तिपुरको बर्न अस्पतालमा आईसीयूमा उपचार
भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र ८६ वर्षकी आमाको ७०
प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ ।