फागुन
११, काठमाडौँ । आज नेकपा एमालेका अध्यक्ष केपी ओलीको ७२ औं जन्मदिन हो । ओलीले आज आफ्नो
७२ औँ जन्मदिन मनाएका छन् । उनले आफ्नै निजी निवास बालकोटमा केक काटेर जन्मदिन
मनाएका हुन् ।
अध्यक्ष
ओलीले केक काटेर पहिला आफ्ना पिता मोहनप्रसाद ओलीलाई खान दिएका थिए । बालकोटमा
पार्टीका शुभेच्छुकहरूले फूलको गुच्छालगायत उपहारहरूसमेत दिएका छन ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको
इवा गाउँमा भएको थियो ।