फागुन
२५, काठमाडौँ। जसपा -जनता समाजवादी पार्टीले उपराष्ट्रपतिको उम्मेदवार संसदीय दलको
नेता रामसहायप्रसाद यादवलाई बनाउने भएको छ।
आज बिहीबार
पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले गत मंसिर ४ मा बारा निर्वाचन क्षेत्र
नम्बर २ बाट निर्वाचित सांसद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको सांसद
प्रदीय यादवले जानकारी दिएका छन।
गएको फागुन
१२ गते राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने ८ दलबीच भएको सहमति
अनुसार उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो।
पार्टीको
पोल्टामा परेको उपराष्ट्रपतिको पदमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका
सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउन लागेका हुन्।
रामसहायप्रसाद उपराष्ट्रपति उम्मेदवार भई विजयी पनि भएका उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। यही आउँदो चैत ३ मा उपराष्ट्रपति चयनका लागि निर्वाचन हुदैछ।
यसैबीच नयाँ उपराष्ट्रपति निर्विरोध चुनिने
सम्भावना देखिएको छ। उपराष्ट्रपतिमा नेकपा (एमाले)ले उम्मेदवारी नदिने सम्भावना
भएकाले चैत ३ मा उपराष्ट्रपति निर्विरोध निर्वाचित हुने सम्भावना बढेको हो।
आज बिहीबार
नयाँ बानेश्वरमा राष्ट्रपतिको निर्वाचन भइरहँदा जसपा र एमालेका नेताहरूबीच पनि यो
विषयमा अनौपचारिक कुराकानी भईरहेको थियो।
उपराष्ट्रपतिका
लागि उम्मेदवारी दर्ता गर्ने दिन फागुन २९ मा रहेको छ।
- न्युज बहार संवाददाता