जेठ २४, काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई काम गर्न दिन नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आग्रह गरेका छन् ।
आज बिहीबार
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शर्माले सङ्घ सरकार स्थानीय सरकारसँग
संवेदनशील हुनुपर्ने समेत बताएका हुन ।
यस
विषयमा सांसद शर्माले भने–‘सङ्घ
सरकार र स्थानीय तहबिचको द्वन्द्वमा सबैभन्दा बढी संवेदनशील सङ्घ सरकार हुनुपर्दछ,
न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन जरुरी छ, बालेनले जे गर्न लागेका छन
ठिक गर्न
लागेका छन, बालेनलाई त्यहाँ काम गर्न दिइनुपर्छ र कुनैपनि प्रकारको हस्तक्षेप
गर्ने तरिकाबाट सङ्घ सरकार फिर्ता हुनुपर्छ ।’
- न्युज बहार संवाददाता