फागुन २६, काठमाडौँ । शुक्रबार
स्कुले बालबालिकासँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि देखिएका छन्। यही क्रममा ओलीले सडकको
फुटपाथमा पोलेको मकै खाएको भन्दै सामाजिक सञ्जालमा केही तस्विर सहित पोस्ट पनि गरेका
छन्।
ओलीले पोलेको मकै खाँदा एकदमै
मज्जा आएको पनि लेखेका छन । उनले लेखेका छन ‘पार्टी कार्यालयबाट घर फर्कँदै थिएँ, बाटोमा स्कुल छुटेर फर्किँदै गरेका
नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो, नजिकै एकजना बहिनी मकै पोलेर
बेचिरहनु भएको रैछ, पोलेको
मकै पनि खाएँ, एकदम मज्जा लाग्यो।’
तस्बिरमा ओलीले सडकको फुटपाथमा स्कुले बालबालिकासँगै पोलेको मकै खाइरहेको देख्न सकिन्छ भने सो क्रममा केहीसँग उनले सेल्फी पनि खिचाएका छन ।
तस्विरहरु


- न्युज बहार संवाददाता