Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

गृहमन्त्रीको जिम्मेवारी माग गर्दै प्रधानमन्त्री भेट्न पुगेका थिए हर्क साम्पाङ!

  •   १० महिना अघि | २९ भदौ २०८२, आइतवार

भदौ २९, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई गृहमन्त्रीको जिम्मेवारी माग गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

स्रोतका अनुसार साम्पाङ बिहान करिब ७ बजे बालुवाटार पुगेका थिए र प्रधानमन्त्रीसँग भेटको लागि अनुमति मागेका थिए। तर सुरक्षाकर्मीहरूले सुरुआतमा उनलाई प्रवेश दिन मानेनन्।

धेरै बेर पर्खिएपछि उनले बारम्बार आग्रह गरेपछि मात्रै सुरक्षाकर्मीहरूले उनलाई बालुवाटारको परिसरभित्र जान दिएका थिए।

साम्पाङ करिब ६ घण्टासम्म बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म प्रधानमन्त्री निवासमै कुरेर बसेका थिए। तर प्रधानमन्त्री कार्कीले पहिले नै समय नलिएका व्यक्तिसँग भेट नगर्ने नीति लिएको कारण उनले साम्पाङलाई भेटिनन्।

अन्ततः भेट नभएपछि साम्पाङ फर्किन बाध्य भएका छन्।

  • न्युज बहार संवाददाता

थप