माघ २८, काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले हिजो
राष्ट्रपतिको सवारीको समयमा प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपति बिध्या देवी
भण्डारीले माफी माग्नु पर्ने माग गरेका छन् ।
राप्रपाका
संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले विज्ञप्ति जारी गरी
राष्ट्रपतिको सवारीका क्रममा जसरी चिकित्सकमाथि कुटपिट भयो त्यो नहुनु पर्ने घटना
हो त्यसैले यसमा सम्बन्धित सबैले माफी माग्नुपर्ने बताएका हुन् ।
उनले भनेका
छन् “राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर
जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ ‘साथै सम्माननीय राष्ट्रपतीले यो विषयमा
चिकित्सकसँग माफी माग्नु भनि हार्दिक अनुरोध गर्दछु ।’
राष्ट्रपति
भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा
प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो । उक्त चिकित्सक
सर्जरी सकेर फर्किंदै थिए तर राष्ट्रपतिको सवारीका लागी भनि बाटो खाली गराएको
बेलामा हिडेको भनी प्रहरीले चिकित्सकमाथि नै कुटपिट गरेपछि अहिले सबै तिर त्यसको चर्को
विरोध भइरहेको छ ।