Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

साउन १ गतेदेखि सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

  •   २ वर्ष अघि | १२ असार २०८१, बुधबार

असार १२, काठमाडौँ । अब सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।

राष्ट्रिय परिचयपत्र लिइसक्नुपर्ने समय तोक्दै त्यस्तो सेवा लिन सरकारले समय सीमा समेत सार्वजनिक गरेको छ । अब नेपाली नागरिकता प्रमाणपत्रको सट्टा सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्नका लागि राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने भएको छ ।

राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने सार्वजनिक सेवाभित्र सामाजिक स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा र सुरक्षा भत्ता साथै, राजस्व सम्बन्धी सवारी चालक अनुमति पत्र, व्यक्तिगत आयकर दर्ता, कम्पनी दर्ता तथा नवीकरण पनि रहेका छन ।

अब सामाजिक सुरक्षा कोषको सेवा, बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड लिन समेत राष्ट्रिय परिचयपत्र र नम्बर अनिवार्य गरिएको छ भने घरजग्गा किनबेचमा समेत यस्तो प्रावधान लागु भएको छ । अब १ साउन २०८१ बाट देशैभरि सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र हुनुपर्छ ।

  • न्युज बहार संवाददाता

थप