फागुन ८, काठमाडौं । प्राध्यापक डा तथा पूर्वस्वास्थ्यमन्त्री
मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा आज निधन भएको छ । मथुराप्रसाद श्रेष्ठको माइतीघरस्थित
अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । प्राध्यापक डा
श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका थिए
। उनि लामो समयदेखि छातीको सङ्क्रमण र दमले थलिएका थिए ।
नागरिक समाजका तर्फबाट विसं २०४६ मा प्रजातन्त्रको
पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी स्वास्थ्यमन्त्री बनेका थिए । उनका एक छोरी र ६ छोराहरु छन् । उनको दाह संस्कार मङ्गलबार
पशुपति आर्यघाटमा गरिने बताइएको छ ।