चैत २, काठमाडौँ । अब यात्रु, चालक तथा सहचालकलाई सवारी साधनबाट सडकमा फोहोर फ्याँकेमा जरिवाना लाग्ने भएको छ ।
सवारी
तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको
व्यवस्था गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
यसअघि भने
यस्तो व्यवस्था रहेको थिएन । यातायात मन्त्रालयका अनुसार अब भने सवारी साधनबाट
फोहोर सडकमा फ्याँकेमा फ्याँक्ने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना लाग्ने
व्यवस्था गरिएको छ ।
- न्युज बहार संवाददाता