फागुन
२५, काठमाडौँ। आज देशको
तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ। आज बिहीबार नयाँ बानेश्वरस्थित संघीय
संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ३
बजेसम्म मतदान हुँदैछ।
संसदअन्तर्गत
राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातै प्रदेश सभाका सदस्यहरू राष्ट्रपति
निर्वाचनमा संघीय मतदाता हुनेछन। यसै गरि संघीय सांसदको एक मत बराबर ७९ मतभार र
प्रदेश सांसदको एक मत बराबर ४८ मतभार गणना हुनेछ।
गत फागुन १३ गते भएको मनोनयन दर्ताअनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ८ दलको समर्थनमा र नेकपा एमालेका नेता सुवास नेम्वाङबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुँदैछ।
राष्ट्रपति निर्वाचनमा मतदान सकिएलगत्तै मतगणना गरिने र आजै
मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ।
- न्युज बहार संवाददाता