Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपराष्ट्रपतिमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्वाचन आयोगको निर्देशन।

‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने।

  •   ४ वर्ष अघि | २६ फाल्गुन २०७९, शुक्रबार

फागुन २६, काठमाडौँ। चैत ५ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न आज शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।

उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा नै लेखिएको छ। आयोगले त्यसै अनुसार निर्देशन दिएको हो, हिजो रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले खस-आर्य समुदायका महिलाले पनि उम्मेदवारी दिन नपाउने व्यवस्था छ।’

उपराष्ट्रपतिका लागि भोली शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।

  • न्युज बहार संवाददाता

थप