Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राष्ट्रपति, प्रधानमन्त्री र जेनजी प्रतिनिधिबिचको छलफल सोमबारलाई सर्यो

  •   १२ महिना अघि | २५ असोज २०८२, शनिबार

असोज २५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शुशीला कार्की र जेनजी प्रतिनिधिहरूबीच आज तय भएको छलफल स्थगित गरिएको छ। स्रोतका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शीतल निवासमा हुने भनिएको बैठक रोकिएको हो।

अब उक्त छलफल आउँदो सोमबार दिउँसो ३ बजे गर्ने तयारी गरिएको छ। छलफल हुने जानकारी पाएपछि आज जेनजी समूहका प्रतिनिधिहरू राष्ट्रपति कार्यालयअगाडि भेला भएका थिए।

यसभन्दा अघि राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्री र विभिन्न दलका प्रतिनिधिहरूसँग फागुन २१ गतेको निर्वाचनबारे छलफल गरेका थिए।

  • न्युज बहार संवाददाता

थप