Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ : सञ्चारमन्त्री

  •   १ वर्ष अघि | १५ भदौ २०८२, आइतवार

भदौ १५, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती कार्यक्रममा बोल्दै उनले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार फ्रेमवर्क चाँडै मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइनेछ। उनले सरकारले डिजिटल नेपाल नीतिअन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापनलगायत आठवटा क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्ने तयारी गरिरहेको पनि बताएका छन्।

  • न्युज बहार संवाददाता

थप