फागुन १९, काठमाडौँ । उपप्रधानमन्त्री एवं
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा आयोजना
हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज कतारतर्फ प्रस्थान गर्दैछन् । नेपाली
प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने राष्ट्रिय योजना
आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका
लागि नेपाली राजदूतलगायत व्यक्ति रहेने छन्।
आइतबार
देखि मङ्गलबारसम्म सम्मेलन हुनेछ । मन्त्री श्रेष्ठले अति कम विकसित मुलुक समूहको
शिखर सम्मेलनमा सहभागी भई उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बताईएको छ । उपप्रधानमन्त्री
श्रेष्ठले त्यस्तै संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने
योजना छ । विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता
गर्ने कार्यसूची श्रेष्ठको रहेको छ ।
यसअघि यो सम्मेलनमा प्रधानमन्त्री जाने भनिएको थियो तर राष्ट्रपति निर्वाचनका कारणले
प्रधानमन्त्रीले आफ्नो भ्रमण रद्द गरेका हुन।
- न्युज बहार संवाददाता