कात्तिक २१, काठमाडौँ । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । मनाङेलाई अदालतले दोषी ठहर गरे लगतै उनी सम्पर्कविहीन भएका छन् ।
सर्वोच्चले
मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।
मनाङेलाई
ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सर्वोच्चले
सोही फैसलालाई सदर गरेको हो ।
उनलाई उच्च
अदालत पाटनले ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो भने
सर्वोच्चले सोही फैसला सदर गर्दै पाँच वर्ष कैदको फैसला सदर सुनाएको छ ।
उक्त
फैसलापछी मनाङेको मोबाइल अफ रहेको छ ।
- न्युज बहार संवाददाता