वैशाख १७, काठमाडौँ । आज शिक्षक महासंघ र सरकारबीच निर्णायक वार्ता हुने भएको छ।
सोमबार र
मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक देखिएपछी आज महासंघ र सरकारबीच हुने वार्ता निर्णायक हुने जनाइएको छ
। आजको वार्ता दिउँसो २ बजेका लागि तय भएको महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले
जानकारी दिएका छन ।
वार्तामा
जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय शिक्षक
महासंघको आज बिहान बसेको बैठकले गरेको थियो ।
- न्युज बहार संवाददाता