फागुन
२७, काठमाडौँ। अष्टलक्ष्मी शाक्यलाई नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार
बनाउने निर्णय गरेको छ।
शनिबार ललितपुरको
च्यासलमा बसेको एमाले सचिवालय बैठकले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिमा
उम्मेदवार बनाउने निर्णय गरेको प्रदिप ज्ञवालीले जानकारी दिए।
शाक्य बागमती
प्रदेशकी पूर्वमुख्य मन्त्रीसमेत हुन भने एमाले पार्टीकी उपाध्यक्ष हुन्।
आज
शनिबार बिहान ९ बजेदेखि २ बजेसम्का लागि मनोनयन दर्ताको समय तोकिए पनि दलहरूले
उम्मेदवारको टुंगो नलगाउँदै अहिलेसम्म कसैको उम्मेदवारी परेको छैन।
- न्युज बहार संवाददाता