भदौ ३, काठमाडौँ । उपसभामुख इन्दिरा राना
अहिले अमेरिकामा छिन । उनि उतै हुँदा यता नेपालमा भने उनलाई पदबाट हटाउने तयारी
भइरहेको छ । रातीको करिब १ बजे देखि उनलाई तारन्तार फोन र म्यासेज आउन भइरहेको
थियो ।
उनका निकटस्थहरूले
उनलाई यता त हटाउने तयारी भइरहेको छ नि भनेर फोन मेसेज गरिरहेका थिए
। सत्तारुढ
दलहरूले आफूलाई हटाउने तयारी थालेको खबर पनि उनले तीनै निकटस्थ र पार्टीका केही
साथीहरूबाट नै थाहा पाएकी हुन ।
यता, नेपालमा भने उनलाई हटाउन भनेर दुई
दलबीचका नेताहरू हस्ताक्षर संकलनमा जुटिसकेका थिए ।
यस विषयमा
उनले भनिन ‘फोन र
म्यासेजहरू आएपछि थाहा पाएँ, म त निद्रामै थिएँ।’
उपसभामुख
रानाका अनुसार कांग्रेस र एमालेले सामान्य विषयलाई नै संगीन आरोप लगाउनेगरी अघि बढेको
छ ।
- न्युज बहार संवाददाता