Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

स्ववियू निर्वाचनमा आजबाट प्रचारप्रसार बन्द।

रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न पनि नपाइने।

  •   ४ वर्ष अघि | ३० फाल्गुन २०७९, मङ्लबार

फागुन ३०, काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा हुनलागेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि सोमबार उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ।

यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो।

सोमबार अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवारले प्रचारप्रसार गर्न पाईनेछैन। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार सोमबारदेखि चैत २ गते राती १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन्। यस्तै स्ववियु निर्वाचनमा आचारसंहिता प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न पनि नपाइने उल्लेख गरिएको छ।

चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म स्ववियु निर्वाचनका लागि मतदान समय तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप