Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

महानगरले आयोजना गरेको रोजगार मेलाको अवलोकन गर्न मेयर बालेन शाहको आग्रह

  •   १ वर्ष अघि | २८ जेष्ठ २०८२, मङ्लबार

जेठ २७, काठमाडौँ । निजी क्षेत्र, साझेदार तथा सरोकारवालाहरूलाई महानगरले आयोजना गरेको रोजगार मेलाको अवलोकन गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आग्रह गरेका छन् ।

उनले उद्यमी बनेर देशमै आय आर्जन गर्ने, रोजगार क्षेत्रमा गएर उत्कृष्ट सेवा गर्ने अभिलाषा लिएका प्रशिक्षार्थीहरू सिप मेलाका कक्षाहरूमा मिहिनेत गरेर सिप सिकिरहेको उल्लेख गरेका छन। महानगर प्रमुख बालेन शाहले यसको अवलोकनको लागि सम्पुर्णलाई आग्रह गरेका हुन् । 

निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले महानगरको गौरव योजना रोजगारी र  आय वृद्धि, काठमाडौँको समृद्धिकार्यक्रमअन्तर्गत सिप मेला सञ्चालन गरिरहेको छ । यस सिप मेला गएको आर्थिक  वर्षबाट सुरु भएको हो भने अहिले यसको दोस्रो संस्करण चलिरहेको छ। 

  • न्युज बहार संवाददाता

थप