वैशाख
१४, काठमाडौँ । वानेश्वरमा प्रहरी र विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूबिच
झडप भएको छ ।
भिड
नियन्त्रणको लागि प्रहरीले शिक्षकहरूको समुहमा पानीको फोहोरा हाल्ने काम भएपछि
आन्दोलनरत शिक्षकहरूबाट समेत प्रतिकार भएको शिक्षकहरूको दाबी गरेका छन ।
प्रहरीसँगको झडपपछि आन्दोलनरत शिक्षकहरू आक्रोशित बनेका छन भने उनीहरूले विगत २५
दिनसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूमाथि प्रहरीले दमन गरेको आरोप
लगाएका छन् ।
शिक्षकहरूले प्रहरीसँगको झडपपछि गृहमन्त्रीको राजीनामा माग गरेका छन । उनिहरुले ‘गृहमन्त्री
राजीनामा दे’ जस्ता
नाराबजि गर्दै सरकारविरुद्ध नाराबाजीमा उत्रिएका हुन् ।
- न्युज बहार संवाददाता