फागुन १७, काठमाडौं । निर्वाचन आयोगले बैशखमा चितवन
क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएको जनकारी दिएको छ । २०८०
सालको वैशाख २
गते हुने उपनिर्वाचनका लागि यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय आयोगले
तोकेको थियो । सो एक हप्ताको समयसीमा १८ दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता
शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन ।
निर्वाचन आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी
केन्द्र र राष्ट्रिय
प्रजातन्त्र पार्टीले दल दर्ता गरेका छन् । यसैगरी राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, हाम्रो
नेपाली पार्टी, नागरिक
उन्मुक्ति पार्टी, लगायत अन्य
पार्टिले आफ्नो दल दर्ता गराएको जनाएको छ ।
सांसदको ६ महिनाभन्दा बढी
कार्यकाल रहँदै पद रिक्त हुन गएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार आगामी वैशाख २ गते चितवन २ मा
उपनिर्वाचन हुन लागेको हो । सो उपनिर्वाचनको लागी तालिका अनुसार आगामी चैत २० गते
उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगको बताएको छ ।
- न्युज बहार संवाददाता