Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित रसुवागढी नाकाबाट तीन जना पक्राउ

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

मंसिर ५, काठमाडौँ । १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित रसुवागढी नाकाबाट तीन जना पक्राउ परेका छन् ।

उनीहरुलाई चीनबाट नेपाल आइरहेको क्रममा रसुवा भन्सार कार्यालयको टोली र इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले सोमबार साँझ पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनीहरु तिनै जनाको साथबाट एक/एक थान बेरुवा औंठी बरामद भएको छ । प्रहरीको भनाइ अनुसार ती एक औंठीको तौल नै १२ तोला रहेको र त्यसको मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ बराबरको रहेको छ ।

  • न्युज बहार संवाददाता

थप