Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टी –२० विश्वकप : टुँडिखेलमा प्रत्यक्ष प्रशारण हेर्न सकिने, मेयर बालेन शाह टुँडिखेलमा सहभागी हुने

  •   २ वर्ष अघि | २२ जेष्ठ २०८१, मङ्लबार

जेठ २२, काठमाडौँ । टी –२० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौँ महानगरपालिकाले तीन ठाउँबाट प्रत्यक्ष प्रशारण हेर्न व्यवस्था गरेको छ ।

महानगरले काठमाडौँको टुँडिखेल तीनकुने र हाँडीगाउँमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको हो ।

महानगरका अनुसार खेल हेर्नका लागि टुँडिखेलमा ३० बाई १८ फिटको एलईडी स्क्रिन राखिने छ । ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा महानगरपालिकाले प्रत्यक्ष प्रसारण हेर्न मिल्ने गराएको हो ।

ओपन डोर इन्टरटेनमेन्टले मेयर बालेन शाह पनि टुँडिखेलमा हुने प्रत्यक्ष प्रशारणमा सहभागी हुने जनाएको छ । खेल सुरु हुनुअगाडि टुँडिखेलमा इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति पनि रहने छ ।

  • न्युज बहार संवाददाता

थप