Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सन्दीप लामिछाने जबरजस्ती करणी मुद्दामा दोषी ठहर

  •   ३ वर्ष अघि | १३ पुस २०८०, शुक्रबार

पुस १३, काठमाडौँ । सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी  मुद्दामा दोषी ठहर गरेको छ । क्रिकेटर लामिछानेलाई  जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले  दोषी ठहर गर्दै सजायको आदेश दिएको हो । 

घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौँ इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको छ ।

सन्दीपले आफूलाई एउटै कोठामा बसेको बेला जबरजस्ती करणी गरेको गौशला २६ को दाबी रहेको भन्दै अदालतले भनेको छ, ‘गौशला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रम समेतलाई विचार गर्दा करणी भएको देखिएको छ ।’

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले सन्दीपलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।  पुस २५ गते न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको जरिवाना क्षतिपूर्ति र कैद निर्धारण गर्नेछ ।

  • न्युज बहार संवाददाता

थप