असार २४, चितवन । अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो पन्छाएपछि दुइतर्फी सञ्चालनमा आएको छ । नौ घण्टासम्म बन्द भएको सडक आज विहानदेखि दुइतर्फी सञ्चालनमा आएको हो ।
शनिवार अपरान्ह चार बजे चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । अवरुद्ध सडकलाई नौ घण्टा पछी आज बिहानवाट सञ्चालनमा ल्याइएको हो। पहिरो पन्छाउन तीन एक्साभेटर र जेसिभी प्रयोग गरिएको थियो ।
- न्युज बहार संवाददाता